रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान


लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार १४:४७ मा प्रकाशित     
रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षकाे उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधान नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरी गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए। 

उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।  

वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् । 

उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

0% LikesVS
100% Dislikes
Spread Your Love !!!