गजल


[ss_social_share]
लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार १३:५६ मा प्रकाशित     
गजल

दश नङ्ग्रा खियाएर मुलुक मै बाँच्नु पर्छ
खाना,नाना,छानाको जोहो गर्न जान्नुपर्छ

तलदेखि माथिसम्म ऐंजेरू झैं फैलिएको
बिकृति र बिसंगति जरैदेखि फाल्नुपर्छ

मनको मैलो पखालेर भाईचाराको नाता
डाँफे मुनाल नाचे जस्तै पर्वतमा नाँच्नुपर्छ

गुटै-गुटले फुटमा कति बस्ने रूमल्लिई
अनेकतामा एकताको माला अब गाँस्नुपर्छ

हिमाल,पहाड,तराई प्रकृतिको उपहार
के हुन्न र गरे यहा गर्न अब जान्नुपर्छ


रघुविर चन्द,
वेदकोट, कञ्चनपुर


Please mail us your creation on: lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares