नेपालमा एकै दिन ९०७० जनामा काेराेना संक्रमण, ५४ जनाको मृत्यु, २७०७ संक्रमणमुक्त


लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार १७:३८ मा प्रकाशित     
नेपालमा एकै दिन ९०७० जनामा काेराेना संक्रमण, ५४ जनाको मृत्यु, २७०७ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा  ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोभिड संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमण मुक्त भएका छन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । आज २ हजार ७०७ जना निको भएका छन्  ।

अहिले पनि काठमाडाैं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितको फेला पर्ने क्रम जारी छ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!