लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग


लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार २३:२२ मा प्रकाशित     
लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग

रुपन्देही । वैशाख २३
लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

आज माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवाद पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त व्यक्तव्य जारी गरेर मुख्यमन्त्री शंकर पोखरेलको पुनः नियुक्ति बदर गर्न माग गरेका छन् ।

विज्ञप्तिमा केसीको पक्षमा बहुमत रहेको दावी गरिएको छ । लुम्बिनीका विपक्षी दलहरूले वैशाख १९ गते नै प्रदेश प्रमुखलाई बहुमत सांसद ४१ जनाको हस्ताक्षर सहितको पत्र बुझाएको स्मरण गराएका छन् । उनीहरूले मुख्यमन्त्री शंकर पोखरेलले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण खाएपछि पनि नेकपा (एमाले)का दुई सांसदले राजीनामा दिएका छन भने एक जनाले माओवादीमा प्रवेश गरेका छन् । नेकपा (एमाले)का नेताले भने ठुलो दलको हैसियतमा संविधान अनुसार पोखरेलको पुनः नियुक्ति भएका र थप ४ जना सांसदले सपथपछि समर्थन गरेकोले बहुमत पुगेको दावी गरेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!