गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने


[ss_social_share]
लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार २२:५८ मा प्रकाशित     
गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने

काठमाडौ। वैशाख २३

गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते हुने भएको छ । बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो मिति तय गरेको हो ।

प्रदेश सभामा विचाराधीन रहेको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान हुनेछ । वैशाख १५ गतेदेखि रोकिएको बैठक अब बस्ने भएपछि प्रदेशको राजनीतिमा देखिएको गतिरोध अन्त्य हुने देखिन्छ ।

वैशाख १५ गते बसेको प्रदेश सभाको बैठकमा जनमोर्चा सांसद खिलविक्रम शाही बेपत्ता भएपछि उक्त दलकी प्रमुख सचेतक पियारी थापाले खोजी पाउँ भनेर निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चित कालका लागि सदन स्थगन गरेका थिए ।

सदन स्थगन भएपछि बसेका विभिन्न बैठकमा सदन खुलाउने बारेमा सहमति भएको थिएन । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख २७ को मिति तोकेको हो ।

वैशाख २७ गते नै प्रधानमन्त्री केपी ओलीले समेत विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •