पूर्व प्रधानमन्त्री माधव नेपालको राष्ट्रपतिसँग भेट


[ss_social_share]
लेखक : लेखापढी      २३ बैशाख २०७८, बिहीबार २३:५४ मा प्रकाशित     
पूर्व प्रधानमन्त्री माधव नेपालको राष्ट्रपतिसँग भेट

काठमाडौं । वैशाख २३
पूर्व प्रधानमन्त्री माधव नेपाल आज राष्ट्रपति भवन, शीतल निवास पुगेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेटघाट भएको छ । बदलिँदो राजनीतिक परिदृश्यमा यो भेटघाट अर्थपूर्ण मानिएको छ ।

वैशाख २७ गते हुने सदनको बैठकमा के कस्तो भूमिका खेल्ने बारेमा माधव नेपाल पक्ष अभै छलफलको क्रममा छ । यसै क्रममा नेपालले आज पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । देउवासँगको भेटघाटपछि माधव नेपाल राष्ट्रपति भवन पुगेका थिए ।

हिजै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिच भेटघाट एवम् छलफल भएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •