लुम्बिनी प्रदेशमा थपिएका ३ मन्त्रीहरुद्वारा शपथग्रहण


लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार १३:५० मा प्रकाशित     
लुम्बिनी प्रदेशमा थपिएका ३ मन्त्रीहरुद्वारा शपथग्रहण

बुटवल — लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ । 

बुधबार सपथग्रहण गर्नेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य,स्वास्थ्य तथा जनसङ्ख्याैमन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तव छन ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ मन्त्री पदमा नियुक्त गरिएको थियो । ४ दिनको अवधिमा ४ पटक मन्त्रीहरुको शपथ भएको छ । योसहित लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!