माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र; ओली सरकार अल्पमतमा


[ss_social_share]
लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार १३:४३ मा प्रकाशित     
माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र; ओली सरकार अल्पमतमा

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । 

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

दाहालले पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको लेखेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार अल्पमतमा परेको छ । ओलीले यही यही वैशाख २७ गते विश्वासको मत लिँदै छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares