कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनाेनीत


[ss_social_share]
लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार १४:०४ मा प्रकाशित     
कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनाेनीत

नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल भुर्तेल ‘आईसीसी प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनयनमा परेका छन् ।

आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीका रुपमा कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमानलाई मन्थको उत्कृष्ट तीनको मनोनयनमा सार्वजनिक गरेको हो । 

 रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले वरीयतामा समावेश गरेको हो ।

विस्फोटक ब्याटिङ गरेका कुशल आईसीसीको वरीयतामा ६१औँ स्थानमा छन् । अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्य एक खेलाडीलाई भोट गर्न सक्नेछन् । यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares