पूर्वरानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार, आईसीयूबाट वार्डमा सारियो


लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार २०:०६ मा प्रकाशित     
पूर्वरानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार, आईसीयूबाट वार्डमा सारियो

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

अस्पतालले एक विज्ञप्तिमा भनेको छ, ‘यस नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।’

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको भने अवस्था सामान्य छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!