गजल


लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार १४:३७ मा प्रकाशित     
गजल

मलाई दुधे बालकको पीर छ नाइ भन्न मिल्दैन।
मृत्युसँगै खेल्नुपर्ने जागीर छ नाइ भन्न मिल्दैन।

हेर्दा हेर्दै सामान्य लाग्न थाल्यो मान्छे मरे पनि,
भारी मन छ हलुका शरीर छ नाइ भन्न मिल्दैन।

अझै पनि मान्छेको होस फर्केको छैन ठेगानमा,
उस्तै रोएको धनी र फकिर छ नाइ भन्न मिल्दैन।

खुसी संसदमा होला अस्पतालमा खुसी हुँदैहुन्न,
लाससँगै खेल्नुपर्ने तकदिर छ नाइ भन्न मिल्दैन।

तिम्रा कर्तुतहरू सबै एक एक गरेर नाङ्गिदै गए,
तिम्रै कारणले झुकेको शिर छ नाइ भन्न मिल्दैन।

मैले कहाँ यो घटना सम्झिन चाहेर सम्झेको हो,
घरी-घरी सम्झाउने तस्वीर छ नाइ भन्न मिल्दैन।


धर्मानन्द भट्ट 
महेन्द्रनगर, कंचनपुर


(सुदुरपस्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

“बेइमान” – तपाईँ पनि पढ्नुहाेस, बालबालिकाहरूलाई पनि सुनाउनुहाेस र लेख्न प्रेरित गर्नुहाेस

100% LikesVS
0% Dislikes
Spread Your Love !!!