नेपालमा एकै दिन थपिए ८६५९ जना कोरोना संक्रमित, एक हजार ९९३ कोरोनामुक्त, ५८ को मृत्यु


लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार १७:४८ मा प्रकाशित     
नेपालमा एकै दिन थपिए ८६५९ जना कोरोना संक्रमित, एक हजार ९९३ कोरोनामुक्त, ५८ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।

तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

२० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । 

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!