गण्डकी प्रदेश सभाको बैठक अनिश्चित


लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार ००:१३ मा प्रकाशित     
गण्डकी प्रदेश सभाको बैठक अनिश्चित

पोखरा । वैशाख २२
गण्डकी प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कुनै निष्कर्ष दिन नसकेपछि बैठक कहिले बस्ने हो ? कुनै टुंगो लाग्न सकेन ।

वैशाख १५ गतेका दिन प्रदेश सभामुखले सदन स्थगित गरेपछि अर्को बैठक बस्न सकेको छैन । सोमबार कार्यव्यवस्था समितिको बैठकले कुनै निर्णय लिन नसकेपछि सर्वदलीय बैठकलाई जिम्मा दिइएको थियो ।

मंगलबार बसेको सर्वदीय बैठकले कुनै निर्णय गर्न नसकेपछि पुन बिहिवार कार्य परामर्श समितिको बैठक बस्ने भएको छ । सत्तारुढ दल प्रदेश सभाको बैठक केही लम्बाउने पक्षमा रहेको छ भने विपक्ष छिट्टै बैठक बस्नुपर्ने अडानमा रहेको छ ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङको विरुद्धमा अविश्वासको प्रस्तावमाथि छलफल भएको अवस्थामा संयुक्त जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि सदनको कारवाही अघि बढ्न सकेको थिएन । अब गण्डकी प्रदेश सरकारमा पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परिसकेको सन्दर्भमा त्यहाँको सत्ता राजनीतिक संघर्ष तीव्र बनेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!