राष्ट्रिय सभा निर्वाचनका लागि चारपक्षीय गठबन्धन


राष्ट्रिय सभा निर्वाचनका लागि चारपक्षीय गठबन्धन

काठमाडौं । वैशाख २२
राष्ट्रिय सभाको रिक्त दुई सिटका लागि सत्तारुढ नेकपा (एमाले) विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का साथै जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष एवम् नेकपा (एमाले)को माधव नेपाल पक्षका बिचमा चारपक्षीय गठबन्धन बनेको छ ।

यही जेठ ६ गते बाग्मतीमा र जेठ १७ मा लुम्बिनी प्रदेशका लागि उपचुनाव हुने भएको छ । माओवादी केन्द्रले रामबहादुर थापा बादल र चन्द्रबहादुर खडकालाई कारवाही गरेपछि उक्त पद रिक्त भएका थिए ।

हिजो र आज भएको चार पक्षीय छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सहयोग गर्ने र बाग्मतीमा माधव नेपाल पक्षलाई सहयोग गर्ने सहमति भएको छ । यस सहमति अनुसार बाग्मतीमा माधव नेपाल पक्षीय नेता खिमलाल देवकोटालाई एवम् लुम्बिनीमा हालै नेकपा (एमाले) परित्याग गरेर नेपाली कांग्रेसको उम्मेदवार बनेका दुर्गनारायण पाण्डेलाई मतदान गर्ने सहमति बनेका छ । खिमलाल देवकोटा माधव पक्षबाट उम्मेदवार बनेपनि उनको चुनाव चिन्ह भने गोलाकारभित्रको हँसिया हाथौडा रहेको छ ।