लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार


[ss_social_share]
लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार ०१:०५ मा प्रकाशित     
लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार

रुपन्देही । वैशाख २२
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीपरिषद पुर्नगठन गरेका छन् । मंगलबार प्रदेश प्र्मुख धर्मनाथ यादवले पोखरेल मन्त्रीपरिषदमा तीन जना नियुक्ति र केही जिम्मेवारी परिवर्तन गरेका छन् ।

लुम्बिनी प्रदेशमा अब मन्त्री परिषद १० सदस्यीय भएको छ । मंगलबार थप भएका मन्त्रीमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुन, भोजप्रसाद श्रेष्ठ स्वास्थय, धर्मबहादुर लाल श्रीवास्तवत शिक्षा तथा सामाजिक विकास मन्त्री नियुक्त गरिएका छन् ।

यसभन्दा पहिले थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेयलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसरी नै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •