प्रधानमन्त्रीको प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट


[ss_social_share]
लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार २१:३६ मा प्रकाशित     
प्रधानमन्त्रीको प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट

काठमाडौं । वैशाख २२
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता जोगाउन दौडधुप गरिरहेका छन् । यसै क्रममा उनले आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका छन् । ठुलै दलबल सहित देउवा निवास पुगेका प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले निराश बनाइदिएको छ ।

नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष भएकोले उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकार इतरका सम्पुर्ण राजनीतिक शक्तिलाई विश्वासको मतको विपक्षमा मतदान गर्न लगाउने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले आफूलाई समर्थन गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्री ओली प्रमुख प्र्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका थिए । एकातिर देखाएर अर्कोतिर निशाना साध्ने ओलाीको नीति रहँदै आएको छ । आफूले विश्वासको मत मागेपनि स्थिति आफ्नो प्रतिकुल बन्दै गएको देखाउन उनले यो भेटघाट गरेका हुनसक्छन् । वैशाख २७ जतिजति नजिक हुँदैछ, नेपालको राजनीतिक क्षेत्रमा गर्मी त्यतित्यति बढिरहेको छ । यसै सन्दर्भमा ओली अन्तिम समयसम्म पनि विश्वासको मत प्राप्त गर्न प्रयत्नशील रहेका देखिन्छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •