गण्डकीका प्रदेश प्रमुखको विवादित अभिव्यत्तिको विपक्षी दलबाट आलोचना


[ss_social_share]
लेखक : लेखापढी      २२ बैशाख २०७८, बुधबार २३:१४ मा प्रकाशित     
गण्डकीका प्रदेश प्रमुखको विवादित अभिव्यत्तिको विपक्षी दलबाट आलोचना

काठमाडौं । वैशाख २२
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेल आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी छिन् । आज पोखरा आएर पदभार ग्रहण गरेको लगत्तै उनले दिएको अभिव्यक्तिको विपक्षी दलले आलोचना गरेका छन् । उनले गण्डकी प्रदेशका सभामुखले प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगन गरेको भन्दै सभामुखको राजीनामा माग्नुपर्ने बेला आएकौ बताएकी थिइन् ।

प्रदेश प्रमुख पौडेलले कार्यसूचीमा परिसकेको, मतदानको तयारीमा रहेको प्रस्तावलाई एकाएक स्थगित गरेर सभामुखले गलत काम गरेको र उनले यसको जिम्मेवारी लिनुपर्ने बताएकी थिइन् । उनले सत्तापक्षीय सांसदको बोलीमा बोली मिलाएको र आफ्नो पदीय मर्यादा उल्लंघन गरेको विपक्षी दलका नेताले आरोप लगाएका छन् । सत्तारुढ दलका सांसदले सभामुखले राजीनामा दिएपछि मात्र गतिरोधको निकास हुने बताइरहेको सन्दर्भमा प्रदेश प्रमुखको यो अभिव्यत्ति आएको हो ।

गण्डकी सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), संयुक्त जनमोर्चा लगायतका दलले उनको यो अभिव्यत्तिको आलोचनाका साथै विज्ञप्ति मार्फत विरोध समेत जनाएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •