अबको राजनीतिक दिशा कता ?


[ss_social_share]
लेखक : लेखापढी      २१ बैशाख २०७८, मंगलवार २३:२८ मा प्रकाशित     
अबको राजनीतिक दिशा कता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरिसकेको सन्दर्भमा वैशाख २७ पछिको नेपालको राजनीतिले कुन दिशा लिनेछ ? यो हेर्न बाँकी छ ।

पार्टीमा लामो समय योगदान दिएका, पार्टी र सरकारको नेतृत्व गरेका नेताले बरु पार्टी छोडर गए पनि केही छैन, आफ्नो एकल सत्ता कायम राख्न उनी अन्तिम प्रयत्नमा छन् । प्रधानमन्त्री ओलीको एकल, अहंकारी चरित्रलाई नेपालको राजनीतिक समीकरणले साथ दिन्छ या दिँदैन ।

प्रधानमन्त्री ओली जसरी पार्टीभित्रको माधव नेपाल–झलनाथ खनाल समूहप्रति निर्मम देखिएका छन्, त्यसरी नै जनता समाजवादी पार्टीभित्रको महन्थ ठाकुर एवम् राजेन्द्र महतो पक्षप्रति उदार देखिएका छन् । पार्टीमा लामो समय योगदान दिएका, पार्टी र सरकारको नेतृत्व गरेका नेताले बरु पार्टी छोडर गए पनि केही छैन, आफ्नो एकल सत्ता कायम राख्न उनी अन्तिम प्रयत्नमा छन् । प्रधानमन्त्री ओलीको एकल, अहंकारी चरित्रलाई नेपालको राजनीतिक समीकरणले साथ दिन्छ या दिँदैन । यो हेर्न वैशाख २७ पर्खनुपर्ने हुन्छ ।

वैशाख २७ गते हुने संसदको अधिवेशनको सन्दर्भमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस जस्ता दल एकप्रकारले सरकारको विपक्षमा मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । यसरी नै जनता समाजवादी पार्टीभित्रको बाबुराम–उपेन्द्र समूह पनि सरकारको विपक्षमा उभिसकेको छ । जनता समाजवादी पार्टी भित्रको महन्थ–राजेन्द्र पक्षको उनलाई आश रहेको छ । उनी आफू स्वयंको पार्टी नेकपा (एमाले) भित्रको सत्ता राजनीति उनको कति अनुकुल हुन्छ, यसले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

प्रधानमन्त्री ओली अब नझुक्ने तर भाँचिन तयार हुने अवस्थामा पुगिसकेपछि माधव नेपाल एवम् झलनाथ खनाल पक्षले सदनको अधिवेशन पूर्व सामूहिक राजीनामा दिनसक्ने संभावना बढेको छ ।

अब के हुन्छ ?

नेकपा (एमाले) भित्रको अन्तरसंघर्ष चरम अवस्थामा छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विभाजित नेकपा सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) त बन्यो तर त्यसले राजनीतिक समस्याको समाधान हुन सकेन । एकातिर प्रधानमन्त्री ओलीले एकतर्फी हिसाबले आफू अनुकुलका मानिस र पूर्व-माओवादी केन्द्रबाट आएका मानिसलाई राखेर एकलौटी पार्टी संगठन कब्जा गरेर माधव–झलनाथ पक्षमाथि डण्डा चलाए भने माधव–झलनाथ पक्षले देशव्यापी रुपमा आफ्नो अलग्लै कमिटी र जनसंगठनका कमिटी निर्माण गर्यो । यस परिस्थितिमा अब नेकपा (एमाले)को पार्टी राजनीति कता जाने हो, यो कुरा थाहा पाउन केही दिन पर्खनुपर्ने हुन्छ । नेकपा एमाले) भित्रको प्रधानमन्त्री ओली पक्ष कार्यकर्ता लिने, नआए धाकधम्की र कारवाहीको दबाव दिने र नेतृत्वलाई गलाउने पक्षमा छ भने माधव–झलनाथ पक्ष हेर्ने र पर्खने पक्षबाट अघि बढिसकेको छ ।

नयाँ रणनीतिमा माधव–झलनाथ पक्ष

पछिल्ला समयमा प्रधानमन्त्री ओली पक्षको एकहोरो पेलाइमा परेको माधव–झलनाथ पक्षका लागि अब कमै विकल्प बाँकी रहेका छन् । प्रधानमन्त्री ओलीसँग कुनै सहमति हुनसकेको खण्डमा पार्टी एकताको पक्षमा लाग्ने माधव–झलनाथ पक्षको चाहनामा अब तुषारापात भइसकेको छ । प्रधानमन्त्री ओली अब नझुक्ने तर भाँचिन तयार हुने अवस्थामा पुगिसकेपछि माधव नेपाल एवम् झलनाथ खनाल पक्षले सदनको अधिवेशन पूर्व सामूहिक राजीनामा दिनसक्ने संभावना बढेको छ । यदि यस किसिमले राजीनामा आउँदा सरकारको भविष्य के हुन्छ ? अब हेर्नुपर्ने देखिन्छ ।

विभिन्न राजनीतिक समूहमा तोडपोड गरेर सत्तामा टिक्न खोज्दा के हुन्छ ? यसको परिणाम त विभिन्न प्रदेशमा भएका सत्ता राजनीतिका विकृतिमूलक क्रियाकलापले देखाइसकेको छ । सत्ताको जोडघटाउमा प्रधानमन्त्री ओली तत्कालका लागि बलिया जस्ता देखिएका छन् तर यसले उनको राजनीतिक भविष्य राम्रो नहुने संकेत देखिइसकेको छ । वामपन्थको आवरणमा हुर्केको निरंकुश र स्वच्छेचारी चरित्रले उनलाई कहाँ पुर्याउँछ, उनले त्यसले कल्पना पनि गरेका छैनन होला ।

जोड घटाउको राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीति यस अवस्थामा पुग्ला ? कसैले कल्यना गरेको पनि थिएन । प्रधानमन्त्री ओलीको अहम र महत्वाकांक्षाले एकातिर पार्टी त ध्वस्त भइसकेको छ अब सरकार पनि ध्वस्त हुने क्रममा छ । प्रधानमन्त्री ओलीका अहिलेका विश्वासपात्र महन्थ ठाकुर एवम् राजेन्द्र महतो भएका छन् । उनीहरूको साथ दिएर उनी अकण्टक शासन गरौं भन्ने चाहनामा बाँचेका छन् । विशेषत भारतीय लबीका मानिने महन्थ–राजेन्द्रसँगको हिमचिमले उनको राजनीतिक निष्ठा कतातिर रहेको छ ? सहजै बुझ्न सकिन्छ । विभिन्न राजनीतिक समूहमा तोडपोड गरेर सत्तामा टिक्न खोज्दा के हुन्छ ? यसको परिणाम त विभिन्न प्रदेशमा भएका सत्ता राजनीतिका विकृतिमूलक क्रियाकलापले देखाइसकेको छ । सत्ताको जोडघटाउमा प्रधानमन्त्री ओली तत्कालका लागि बलिया जस्ता देखिएका छन् तर यसले उनको राजनीतिक भविष्य राम्रो नहुने संकेत देखिइसकेको छ । वामपन्थको आवरणमा हुर्केको निरंकुश र स्वच्छेचारी चरित्रले उनलाई कहाँ पुर्याउँछ, उनले त्यसले कल्पना पनि गरेका छैनन होला ।

लोभीपापीको साथ, इमान्दारलाई लात

प्रधानमन्त्री ओलीले जसरी बाहिरी पार्टी र संगठनबाट आएका लोभीपापीलाई फूलमाला लगाएर स्वागत गरिरहेका छन्, त्यसले उनको राजनीतिक निष्ठा कता रहेछ, सहजै देख्न सकिन्छ । प्रधानमन्त्री ओलीलाई नवआगन्तुक पार्टी सदस्यप्रति अपार विश्वास रहेको छ । जो मानिसले वर्षौंसम्म आफूलाई अघि बढाउने, संरक्षण गर्ने नेतृत्वलाई धोका दिएका छन्, तिनले ओलीलार्ई धोका नदेलान् ? यसको कुनै ग्यारेन्टी छैन । अहिले प्रधानमन्त्री ओलीका वरपर यस्ता मानिसको भीड छ, जो ओलीप्रतिको निष्ठाभन्दा पनि सत्ता र स्वार्थको चाहनाले उनको साथमा रहेका छन् । भोलि समयको कालखण्डमा ओली कमजोर भएको अवस्थामा ती मानिस उनको वरपर रहन्छन् भन्ने छैन । विगतमा पार्टीभित्र आयाराम–गयाराम प्रवृत्ति बढाउने, गुटको राजनीति गर्ने, आफ्ना अलग्गै उपगुट वा दबाव समूह बनाउनेहरूको समग्रताभित्र ओलीको राजनीतिक भविष्य टिकेको छ । पार्टीभित्र स्थायी गुट बनाएर लोभीपापीको साथ लिएका ओली तत्कालका लागि बलियो भएपनि भोलिका दिनमा आफ्नै समूहभित्रको आन्तरिक व्यवस्थापन मिलाउन नसकेर किनारामा जाकिन बेर छैन । हिजोको दिनमा पार्टी निर्माण गरेका, इमान्दार नेताहरूको मानमर्दन गर्न, गराउनमा उनी र उनको गुट जसरी लागेको छ, त्यसको शिकार उनी आफै हुन बेर छैन । उनले पार्टीभित्र जुन अपमानको संस्कृति ल्याएका छन्, त्यसले त्यहाँभित्र असल पक्षको दमन र खराब पक्षलाई बढावा दिनेछ । विचारप्रतिको निष्ठाभन्दा पदप्रतिष्ठाको लडाईँले उनको पक्षमा केही लोभीपापी मात्र रहने देखिन्छ ।

कब सम्म चल्ला यो संक्रमण ?
सर्वोच्च अदालतको फैसलापछि नेपालको राजनीति स्थिर हुन्छ भन्ने कतिपयको आंकलन थियो, त्यो अवस्था अब देखिँदैन । सत्तारुढ पार्टीमा विभिन्न नेता एकै पार्टीमा रहेजस्तो देखिएपनि त्यो एक पार्टीका रुपमा रहेको छैन । एकातिर प्रधानमन्त्री ओलीले आफ्नो किसिमले समूह चलाइरहेका छन् भने अर्कोतिर माधव–झलनाथपक्षको अर्को किसिमको समूह चलाइरहेका छन् । विगतमा एकै पार्टीमा रहेको माओवादी केन्द्र अलग भइसकेको छ र सरकारमाथिको समर्थन समेत फिर्ता लिइसकेको छ । पार्टीको बागडोर आफूसँग भएको कारण प्रधानमन्त्री ओलीले अनुशासनको डण्डा देखाइरहेका छन् भने माधव–झलनाथ पक्ष हेर्ने र पर्खने अवस्थाबाट माथि उठेर निर्णायक भूमिका खेल्ने पक्षमा छ । उनीहरू प्रधानमन्त्री ओलीको उपेक्षाबाट आजित भएर अब नयाँ किसिमले अघि बढने बाटोमा लागिसकेका छन् । प्रधानमन्त्री ओलाीलाई सत्ताबाट बाहिर पार्ने र अलग किसिमले आफनो बाटो खोज्ने पक्षमा मनस्थिति निर्माण भइसकेको छ । वैशाख २७ पछि यदि विभिन्न दलबदलका कारण प्रधानमन्त्री ओली सत्तामा फर्के पनि उनले सहज किसिमले काम गर्नसक्ने अवस्था छैन । यदि प्रधानमन्त्री ओलीले सत्ताबाट विमुख हुनसक्ने अवस्था भएमा निर्वाचनको पुनः घोषणा गर्न सक्ने अवस्था छ ।

माधव–झलनाथ पक्ष बाहिर गइसकेपछि पनि यदि उनले पार्टीभित्रका अनेकन स्वार्थ समूहको राजनीतिक जोडघटाउको सही व्यवस्थापन गर्न सकेनन् भने आन्तरिक कलहले उनलाई थप कमजोर देखाउने देखिन्छ । माधव–झलनाथ पक्षलाई कमजोर बनाउन उनले जुन खेल खेलेका छन्, त्यो खेलको असर उनीमाथि पर्ने देखिन्छ । नेपालको कम्युनिष्ट एकता र त्यस एकताबाट बनेको पार्टी एवम् सरकारलाई टिकाउन नसक्ने परिस्थिति निर्माण हुनुका अनेक कारणको त खोजी होला नै, उनी स्वयंको अरुको अपमान गर्ने, अहंकारी, स्वेच्छाचारी प्रवृत्तिले त्यसमा अहम भूमिका खेलेको छ ।

अब के होला ?

अब प्रधानमन्त्री ओली अत्यन्त कमजोर भइसकेका छन् । एकातिर उनको गिर्दो राजनीतिक साखका कारण जनतामा अलोकप्रिय भइसकेका छन् भने अर्कोतिर उनी विरुद्धको नयाँ गठबन्धन बनिरहेको अवस्थामा उनले आफूलाई बचाउन अनेकन पापड बेल्नुपर्ने देखिन्छ । उनले विभिन्न जोडघटाउका साथ सत्तामा फर्किए भने पनि सहजै काम गर्नसक्ने अवस्था छैन । उनको आफ्नै पार्टी नेकपा (एमाले) भित्रको अन्तरसंघर्षको व्यवस्थापनमा कमै चासो रहेको सन्दर्भमा भोलिका दिनमा अझ एकपटक पार्टी विभाजन हुने देखिन्छ । माधव–झलनाथ पक्ष बाहिर गइसकेपछि पनि यदि उनले पार्टीभित्रका अनेकन स्वार्थ समूहको राजनीतिक जोडघटाउको सही व्यवस्थापन गर्न सकेनन् भने आन्तरिक कलहले उनलाई थप कमजोर देखाउने देखिन्छ । माधव–झलनाथ पक्षलाई कमजोर बनाउन उनले जुन खेल खेलेका छन्, त्यो खेलको असर उनीमाथि पर्ने देखिन्छ । नेपालको कम्युनिष्ट एकता र त्यस एकताबाट बनेको पार्टी एवम् सरकारलाई टिकाउन नसक्ने परिस्थिति निर्माण हुनुका अनेक कारणको त खोजी होला नै, उनी स्वयंको अरुको अपमान गर्ने, अहंकारी, स्वेच्छाचारी प्रवृत्तिले त्यसमा अहम भूमिका खेलेको छ ।

वर्तमानको नेपाली राजनीतिमा ओली केही समय बलिया जस्ता देखिए पनि भविष्यको नेपाली राजनीतिमा उनको नाम रहने संभावना भने कम हुँदै गएको छ । वैशाख २७ पछि नयाँ गठबन्धनको सरकार गठन भयो भने उनका लागि त्यो थप पीडाको विषय बन्नेछ ।


डा.पुष्करराज भट्ट
प्रधान सम्पादक

(लेखापढी डटकम)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares