माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने- ‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, । बुधबारदेखि समर्थन फिर्ता हुने उनले बताए ।

 ‘सरकारलाई फाल्नुपर्छ भनेर आन्दोलन नै गरेको हो नि । समर्थन नै छैन यो सरकारलाई । तर औपचारिकता पूरा गरौं भनिएको हो’, पोखरेलले बताए ।