बिहेमा जन्ती गएका ४५ जनालाई कारबाही: ५ घण्टा खुल्लामंचमा राखियो


बिहेमा जन्ती गएका ४५ जनालाई कारबाही: ५ घण्टा खुल्लामंचमा राखियो

महेन्द्रनगर- कञ्चनपुरमा निषेधाज्ञाको मापदण्ड पालना नगर्ने ४५ जना जन्तीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कंचनपुर जिल्ला प्रशासनको आदेश विपरित बिहेमा जन्ती जानेहरुलाई कारवाही गरिएको छ।

जिल्ला प्रशासन कञ्चनपुरले बिहेमा जन्ती जाँदा बढीमा १५ जनासम्म जान पाउने आदेशमा उल्लेख छ।

भीमदत्त नगरपालिका सुखासालबाट भाँसी जाँदै गरेको बिहेको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बससहित महेन्द्रनगर खुल्ला मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। 

बेहुला र परिवारका सदस्यलाई बिहेको लागि पठाइएपनि जन्तीहरुलाई भने दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म मञ्चमा बसाइएको थियो। कोरोना संक्रमित दिनहु बधाई गएका कारण प्रशासनले अझ कडाई गर्ने बताएको छ ।