२७ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्दै बिल गेट्स दम्पती


२७ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्दै बिल गेट्स दम्पती

बीबीसी । माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र पत्नी मेलिन्डाले विवाहको २७ वर्षपछि डिभोर्स गर्ने निर्णय सुनाएका छन् । विवाहित जोडिका रुपमा अब आफूहरु अघि बढ्न नसक्ने भन्दै उनीहरुले ट्विटरमा यस्तो घोषणा गरेका हुन् । उनीहरुको पहिलो भेट माइक्रोसफ्टको फर्ममा १९८० को दशकमा भएको थियो । 

यो अर्बपति जोडीका तीन छोराछोरी छन् जसले उनीहरुसँगै परोपकारी संगठन, ‘बिल एण्ड मेलिन्डा फाउन्डेसन’ सञ्चालन गर्दै आएका छन् । सो संस्थाले हाल संक्रामक रोगका कारणहरु विरुद्ध लड्न अनि बालबालिकामा खोप लगाउन प्रोत्साहनका निम्ति अरबौँ डलर खर्च गरिरहेको छ । त्यस्तै उनीहरुले वारेन बफेटलगायत विश्वका अन्य धनाढ्य वर्गहरुसँग मिलेर आफ्नो अधिकतम सम्पति दान गर्ने प्रतिज्ञा पनि गरेका छन् । 

उनीहरूको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन्।

उनीहरूका तीन सन्तान छन्।

उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन्।

उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौँ डलर खर्च गरेको छ।

फोब्र्सका अनुसार बिल गेट्स अहिले विश्वका चौथो सबैभन्दा धनी व्यक्ति हुन् र उनको कूल सम्पति १२४ अर्ब डलर बराबर रहेको छ । यस्तोमा डिभोर्स गरिसकेपछि पनि आफूले थालेको परोपकारी संस्थाका काममा भने सहकार्य गरिरहने दुवैले जानकारी दिएका छन् । डिभोर्सका क्रममा उनीहरुबीच हुन सक्ने सम्पति बाँडफाँडबारे हाल कुनै जानकारी सार्वजानिक गरिएको छैन । 

यसअघि अमेजोनका मालिक जेफ बेजोस र उनकी पूर्वपत्नी मेकेन्जीको डिभोर्सलाई विश्वकै सबैभन्दा महङ्गो ठहर गरिएको थियो । गेट्स दाम्पतिको डिभोर्स पनि अर्को ऐतिहासिक डिभोर्स हुन सक्ने बताइएको छ ।