कैलालीको गेटा मेडिकल कलेजमा २ हजार क्षमताको आइसोलेसन निर्माण हुदै


कैलालीको गेटा मेडिकल कलेजमा २ हजार क्षमताको आइसोलेसन निर्माण हुदै

धनगढी- देशभर कोभिड-१९ संक्रमण बढ्दै गरेको अबस्थालाई मध्यनजर गर्दै कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो।

मेडिकल कलेज संचालनार्थ नबनिर्मित भवनमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अनुसार होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण भइरहेको छ। ‘तत्काललाई ५ सय बेडकाे आइसोलेसन बनाइन लागेको भएपनि गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको रिजालले बताएका छन्।