निर्वाचन आयोगले गर्यो दलहरुको ध्यानाकर्षण


लेखक : लेखापढी      २१ बैशाख २०७८, मंगलवार २०:५८ मा प्रकाशित     
निर्वाचन आयोगले गर्यो दलहरुको ध्यानाकर्षण

काठमाडौं । वैशाख २१
निर्वाचन आयोगले बाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिवार्चनमा स्वास्थ्य मापदण्ड पुरा रुपमा पालना गर्न निर्वाचनमा सहभागी हुने सबै दललाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेमकिपालार्ई अनुरोधका साथ पत्र पठाएको छ ।

आयोगले सम्बन्धित दललाई उपनिर्वाचन केन्द्रित गतिविधिमा मानवीय स्वास्थ्यमा पर्ने असरलाई ख्याल राखेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गरी स्थानिय तहसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । निवाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा यी कुरा उल्लेख गरिएको छ ।

कोभिड १९को संक्रमण बढिरहेको सन्दर्भमा काठमाडौं लगायतका धेरै शहरमा निषेधाज्ञा लगाइएको सन्दर्भमा निर्वाचन आयोगले सम्बन्धित दललाई ध्यानाकर्षण गराएको हो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!