काठमाडौं उपत्यका विकास प्राधिकरणमा जानुका ढकाल


[ss_social_share]
लेखक : लेखापढी      २१ बैशाख २०७८, मंगलवार १९:५५ मा प्रकाशित     
काठमाडौं उपत्यका विकास प्राधिकरणमा जानुका ढकाल

काठमाडौ । वैशाख २१
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाललाई नियुक्त गरेको छ । ढकालको मूल घर झापा जिल्ला हो । उनी नवनारी मासिककी सम्पादक हुन् ।

विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । विकास आयुक्तका लागि ८ जनाले दरखास्त दिएकोमा सरकारले जानुका ढकाल, डा. श्यामसुन्दर बोहरा र भुपेन्द्रप्रसाद आर्यालले दसखास्त दिएका थिए ।

उपत्यका विकास प्राधिकरण ऐनले नेपाल सरकारले विशिष्ट श्रेणी वा सो सरह भन्दा माथिल्लो पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धिन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रुपमा विकास आयुक्तका रुपमा नियुक्त गर्ने व्यवस्था छ ।
यसअघि विकास आयुक्त रहेका डा. भाइकाजी तिवारीको पाँच वर्षे कार्यकाल सकिएपछि नयाँ नियुक्तिको बाटो खुलेको थियो ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •