“शब्द तयार छ त हजुर?” साहित्यिक प्रतियाेगिता सञ्चालन हुँदै ! कसरी भाग लिने ?


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार १३:०१ मा प्रकाशित     
“शब्द तयार छ त हजुर?” साहित्यिक प्रतियाेगिता सञ्चालन हुँदै ! कसरी भाग लिने ?

‘नेपाली पाेयट्री’ र ‘रित्ताे भावना’काे संयुक्त आयाेजनामा एउटा साहित्यिक प्रतियाेगिता “शब्द तयार छ त हजुर ?” सञ्चालन हुन लागेकाे छ ।

“शब्द तयार छ त हजुर ?” प्रतियाेगिताका लागि छनाैट चरण समेत सुरू भइसकेकाे  जानकारी नेपाली पाेयट्रीका उपाध्यक्ष तथा कार्यक्रम संयाेजक आयुष बडालले जानकारी दिनुभयाे ।

कार्यक्रममा सहभागि हुनका लागि यहाँ क्लिक गरेर आफ्नाे रचना पठाउन सक्नु हुनेछ । र शुल्क तिर्नका लागि इसेवाबाट ९८६१००१४४३ मा पैसा तिर्न गर्न सक्नु हुनेछ । 

कोरोना कहरको विशम परिस्थितिमा नेपाली पोइट्री र रित्तो भावनाको संयुक्त आयोजनामा संचालन हुन लागेको साहित्यिक प्रतियोगिता `शब्द तयार छ त हजुर?´मा भाग लिनका लागि निम्नानुसारका नियमहरू रहेका  छन्:


१)  साहित्यका सबै बिधाका लेखकले भाग लिन सक्नुहुनेछ।
२) नेपाली बाहेकका अन्य भाषाका साहित्यले स्थान पाउने छैनन्।
३) आफ्नै रचनालाई मात्र स्थान दिइने छ।
४) कविता लेखनमा धेरै अशुद्ध शब्द भेटिएमा कवितालाइ स्थान दिइने छैन।
५) अङ्ग्रेजी, हिन्दी आदि भाषाबाट नेपालीमा अनुवाद गरिएका रचनाले पनि स्थान पाउने छन् ।
६) अडियाे आफैले वाचन गरेकाे हुनु पर्नेछ ।  


प्रतियाेगितामा भाग लिनका लागि प्रवेश शुल्क रू. ९९ राखिएकाे छ  भने उक्त शुल्कबाट नैं विजेता, उपविजेता र अन्य विजेताहरूलाइ पुरस्कार प्रदान गर्नका लागि उपयाेग गरिने  बडालले जानकारी दिनुभयाे । विजेता, उपविजेता लाई बम्पर पुरस्कार र प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिने छ ।


कार्यक्रममा सहभागि हुनका लागि यहाँ क्लिक गरेर आफ्नाे रचना पठाउन सक्नु हुनेछ ।  प्रतियोगितामा सहभागीका लागि ई-सेवाबाट ९८६१००१४४३ मा शुल्क जम्मा गर्न सकिने जानकारी दिनुभएको छ ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!