गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखको शपथ


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार २०:५३ मा प्रकाशित     
गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखको शपथ

काठमाडौ । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

साेमबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला पन्तलाई पदमुक्त गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!