लुम्बिनीका स्वतन्त्र सांसद शाही र श्रीवास्तवकाे युटर्नः मुख्यमन्त्री पोखरेललाई नै समर्थन


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार १३:४५ मा प्रकाशित     
लुम्बिनीका स्वतन्त्र सांसद शाही र श्रीवास्तवकाे युटर्नः मुख्यमन्त्री पोखरेललाई नै समर्थन

 सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र प्रदेश सभा सदस्यले आफूहरू एमाले संसदीय दल छोडेर कतै नगएको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहेका भनिएका स्वतन्त्र उम्मेदवारले आफूहरु एमालेकै साथमा रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । 

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए । हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन लडेपनि आइतबार  मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।  तर, विज्ञप्तिमा आइतबार माओवादीका कुलप्रसाद केसीलगायतले आफ्नो गठबन्धनको सरकार बनाउन लिएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको बताएका छन् । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!