भारतमा सातामा २ दिनबाहेक बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द
सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ भने नेपाल र भारतबीच सातामा दुई उडान कायम रहने छन् ।
कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।
नेपाली समयअनुसार, २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको हाे । मन्त्रालयको नागरिक उड्डयन महाशाखाको प्रमुखसमेत रहेका सहसचिव लामिछानेले हाल नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणाअनुसारको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको बताए ।
यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।