कोरोनाका कारण राष्ट्रिय जनगणना कार्यक्रम स्थगित


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार १३:२९ मा प्रकाशित     
कोरोनाका कारण राष्ट्रिय जनगणना कार्यक्रम स्थगित

कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । 

१२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको हाे । नयाँ भेरियन्टसँगै कोरोना भाइरस महामारीको रुपमा फैलिएपछी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिएको छ ।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।

गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको जनाइएको छ  ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!