प्रकाश घायलका दुई गजल


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार २२:३२ मा प्रकाशित     
प्रकाश घायलका दुई गजल

उध्रेको मन हाँसेर सिलाउदै छन् कोठाभित्र
विश्वासको कसम दिलाउदै छन् कोठाभित्र

विकृति विसंगतिले हद पार गर्यो देशमा
के के हो, हिसाब् मिलाउदै छन् कोठाभित्र

उनको यादमा दुःख लाग्दो त्यो रात काटेँ 
कोही कनाउदै र चिलाउदै छन् कोठाभित्र

हरदिन रोएँ हररात कराएँ सुन्ने कोही भएन
अमृतमा विष घोली पिलाउदै छन् कोठाभित्र ।।


कति मित्र कति दुश्मन भेट्छ्न् कोठाभित्र
दुःख पर्दा मित्रले नै अचेट्छ्न् कोठाभित्र

जिउनु पर्छ यी आँखाले के? के ? देख्नु पर्छ
फूलको धार तिखारेर मुटु रेट्छ्न् कोठाभित्र

गरि साध्य छैन यहाँ न भनी साध्य भयो
अस्पष्ठ विचारले नै दपेट्छ्न् कोठाभित्र

पराइ नजिक हुन्छ भावनाको नाता प्यारो
हेर्नुस आफ्नोले झन् घचेट्छन् कोठाभित्र ।।

प्रकाश घायल समकालीन नेपाली साहित्यका क्षेत्रमा सक्रिय स्रष्टा हुनुहुन्छ । हालै उहाँको लाजको आग्लो नामक मुक्तक कृति प्रकाशित भएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!