पुनः शपथ लिनु पहिल्यै अल्पमतमा मुख्यमन्त्री पोखरेल, सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना


पुनः शपथ लिनु पहिल्यै अल्पमतमा मुख्यमन्त्री पोखरेल, सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नियुक्त भएका शंकर पोखरेल शपथ नलिँदै अल्पमतमा परेका छन् ।

आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका छन् ।विपक्षी दलका सांसदहरुले सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना दिएका छन् ।

अपराह्न ५ बजेका लागि शपथ तय भएको थियो । तर, एमालेभित्रको आन्तरिक विवाद र तत्कालीन नेकपाबाट निर्वाचित सांसदले माओवादी केन्द्रमा जाने निर्णय लिँदा पोखरेले अप्ठ्यारोमा परेका हुन् । 

८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ । विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन् । 
आफूहरुले सपथ नगराउन माग गर्दा आधा घण्टा समय मागेपनि सपथ गराएरै छाड्ने संकेत आएको भन्दै यसको कानूनी उपचार खोज्ने बताए । Agency