प्रेस स्वतन्त्रता


[ss_social_share]
लेखक : लेखापढी      १९ बैशाख २०७८, आईतवार १८:०६ मा प्रकाशित     
प्रेस स्वतन्त्रता

बैशाख १६ गते (बिहीबार) देखि जारि निषेधाज्ञामा केही ब्यक्तिहरुले ‘पत्रकार’ वा ‘प्रेस’ लेखेको ज्याकेट प्रयोग गरेर निषेधाज्ञा उलंघन गरेको गुनासो सुरक्षा निकायले गर्न थालेपछि प्रशासनले आईतबारदेखि पत्रकारलाई अनिवार्य रुपमा सुचना विभागको पास बोक्नुपर्ने नियम लागु गर्दै  छ ।

छापा मिडिया हाउस् होऊन या अनलाईन समाचार पोर्टल सबैलाई सञ्चालन गर्नको निम्ति एउटा वेभसाईट वा डोमेन मात्र बनाएर पुग्दैन । नेपाल सरकारका ५ वटा विभागमा दर्ता हुनुपर्दछ ।

केही ब्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि पत्रकारिता पेशाको बदनाम र प्रेस स्वतन्त्रताको दुरुपयोग गरेको बारेमा अहिलेसम्म प्रेस काउन्सिल केही बोलेको छैन । यद्धपि यस विषयमा मिडिया कम्पनी सञ्चालकहरु आफै पनि बोल्नु पर्ने हो । सबै तैं चुप मै चुपको अवस्थामा छन् । छापा मिडिया हाउस् होऊन या अनलाईन समाचार पोर्टल सबैलाई सञ्चालन गर्नको निम्ति एउटा वेभसाईट वा डोमेन मात्र बनाएर पुग्दैन । नेपाल सरकारका ५ वटा विभागमा दर्ता हुनुपर्दछ । जस्तै: सुरुमा कम्पनी रजिष्ट्रार्डको कार्यालयबाट कम्पनी दर्ता प्रमाण पत्र लिई सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट कम्पनी सञ्चालन प्रमाण पत्र, त्यसपछि आयव्याय देखाउदै कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र र सञ्चार कम्पनी भएकोले सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुचना विभागबाट अर्को प्रमाण पत्र लिएर अन्तमा प्रेस काउन्सिलबाट प्रेसकार्य ईजाजत पत्र समेत प्राप्त गरेपछि मात्र मिडिया हाउस चलाउन पाईन्छ । मिडिया हाउस् चलाउन त्यति सजिलो छैन ।

अहिलेको विज्ञान प्रविधिको विकाससँगै चलेका यूबट्युब वा अनलाईन पत्रकारितालाई राज्यले निश्चित मापदण्ड बनाओस् र नियमनकारी निकायलाई झक्झक्याओस् तर राज्यको चौथो अङ्गको रुपमा रहेको स्वच्छ पत्रकारिताकै धज्जी उड्ने वा उडाईने कार्य कहिंकतैबाट हुनु हुँदैन ।

प्रेस जगत राज्यको चौथो अङ्ग हो भनिन्छ तर राज्यका अन्य निकायले प्रेसलाई अन्य ग्रहबाट आएको एलिएनको ब्यवहार गरेको देख्दा अचम्म लाग्दछ । यो तितो सत्य न कसैले भन्न सक्छन् न त लेख्न नै, हुन त प्रेस स्वतन्त्रताको दुरुपयोगमा जथाभावी समाचारहरु प्रकाशित नभएका होईनन् । अहिलेको विज्ञान प्रविधिको विकाससँगै चलेका यूबट्युब वा अनलाईन पत्रकारितालाई राज्यले निश्चित मापदण्ड बनाओस् र नियमनकारी निकायलाई झक्झक्याओस् तर राज्यको चौथो अङ्गको रुपमा रहेको स्वच्छ पत्रकारिताकै धज्जी उड्ने वा उडाईने कार्य कहिंकतैबाट हुनु हुँदैन ।

विशुद्वरुपमा पत्रकारिता गरी देश र जनतालाई सूसुचित बनाउने परम धर्म र सेवालाई पटक-पटक तिखा बाण हान्ने काम नगरियोस् ।

प्रेस स्वतन्त्रताको दुरुपयोग गरि राज्य वा हालको निषेधाज्ञालाई पनि कत्तिको असर परेको छ त्यसको छानविन गरियोस् । साथै विशेष अनुसन्धान र मुल्याङ्कन होओस् भन्ने नै चाहन्छु म र कतै गलत कार्य भए गरेका भए हदैसम्मको कारवाहि होस् । तर विशुद्वरुपमा पत्रकारिता गरी देश र जनतालाई सूसुचित बनाउने परम धर्म र सेवालाई पटक-पटक तिखा बाण हान्ने काम नगरियोस् । यसर्थमा हालको निषेधाज्ञालाई कडाई गर्ने नाममा सुचना विभागको पास अनिवार्य गरेर आम सञ्चारमाध्याम र पत्रकारहरुलाई अंकुश लगाई देश र जनताको सूचनाको हक र सत्यतथ्य समाचार जान्न पाउने अधिकारबाट बञ्चित नगरियोस् ।


विवेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल


“ठकुरी, समसामयिक राजनैतिक, सामाजिक बिषयबस्तुहरुमा शसक्त एबं स्वतन्त्र रुपमा  विश्लेषण गर्दै आउनुभएको छ, उल्लेखित बिचार उहाँका व्यक्तिगत धारणा हुन |” धन्यवाद !
100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares