कर्ण दयाल “सोराडी” को गजल


[ss_social_share]
लेखक : लेखापढी      १९ बैशाख २०७८, आईतवार १८:४९ मा प्रकाशित     
कर्ण दयाल “सोराडी” को गजल

शान्ति बिनाको सुनसान शहर हुँदैछ ।
घरभित्रै बस्नु मान्छेको रहर हुँदैछ ।।

हिजो घाँटी जोडेर सँगै बसेकाहरूको पनि ।
आज भेटघाटै गर्ने कुरा समेत जहर हुँदैछ ।।

नआत्तिउन पनि कसरी ? नआत्तिउन यहाँ त,
दिन दुई रात चौगुना मान्छेको मर हुँदैछ ।।

कुनै जेलभित्र नजर बन्द गरिएको जस्तो,
मान्छेलाई आफु जन्मेहुर्केको घर हुँदैछ ।।

विश्वका हरेक कुना कुना र कन्दराहरूमा,
अहिले केवल कोरनाको मात्र कहर हुदैंछ ।।

(कर्ण दयाल बैतडीका बासिन्दा हुन् । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने दयालका नेपाली एवम् डोटेली भाषामा गजल कृति प्रकाशित छन् । पश्चिम नेपालको साहित्यिक क्षेत्रमा उनी सक्रिय भएर कार्य गरिरहेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •