डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले स्रष्टा सम्मान गर्ने


[ss_social_share]
लेखक : लेखापढी      १९ बैशाख २०७८, आईतवार १६:३३ मा प्रकाशित     
डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले स्रष्टा सम्मान गर्ने

काठमाडौं । वैशाख १९
डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले वि.स. २०७६ र २०७७ का लागि नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाजसेवा एवम् पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा योगदान दिने २७ जना स्रष्टालाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । कोभिड १९ को प्रतिकुलताका कारण उक्त अभिनन्दन, पुरस्कार एवम् सम्मान अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले शेरबहादुर गुरुङ (समाजसेवी, साहित्यकार) एवम् बन्दना राणा (समाजसेवी) लाई अभिनन्दन गर्ने निर्णय गरेको छ । सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान दिनुहुने प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विवश पोखरेल, डा. ज्ञानु पाण्डे, डा. बमबहादुर थापा जिताली, जयदेव भट्टराई, महेश पौड्याल, डा. पुष्करराज भट्ट, बालिका गिरी, डा. दामोदर पुडासैनी ‘किशोर’, पवित्रा घर्ती मगर, विमला तुम्खेबा, विजय सागर, शंकर भारती, जलेश्वरी श्रेष्ठ, महादेव अधिकारी (रामजी अधिकारी), मिलन शेरचन, सन्ध्या पहाडी, गीता कार्की, अस्मिता भण्डारी (टिका), प्रकाश समीर, कल्पना अधिकारी, उषा (मीरा) लोहनी, मञ्जु दहाल खराल, मुस्कान खातुन, सपना रोका मगरलाई सम्मान एवम् पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष उन्नति बोहरा शिला एवम् महासचिव दिनेश लम्सालले प्रेषित गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •