नेपाल सुपर लिग फुटबलको शीर्ष स्थानमा धनगढी एफसी


लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार १८:३१ मा प्रकाशित     
नेपाल सुपर लिग फुटबलको शीर्ष स्थानमा धनगढी एफसी

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६४औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए ।

खेलको ८०औँ मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३–० ले जिताए । धनगढीका निशान लिम्बू ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

जितसँगै धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलबाट २ अंक जोडेको छ ।