दृढ संकल्प (लघुकथा )


[ss_social_share]
लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार १९:०५ मा प्रकाशित     
दृढ संकल्प   (लघुकथा )

 एउटा गाउँमा महेश नामको किसान बस्थ्यो, उसको एउटा ठूलो सपना थियो । ऊ अफ्नो खेती किसानीबाट खुशी थिएन तथा अरुहरू भन्दा फरक किसिमको बाली लगाउने कुरा सधैं सोचि रहन्थ्यो । जसबाट उसले भविष्यमा बढी भन्दा बढी मुनाफा हुन सकोस् ।

उसले चाइनिज बाँसको बोटको बीऊ ल्यायो र उसले आफ्नो खेतमा त्यसको बिऊ छर्यो ।

चीनमा एक किसिमको बाँसको बोट हुन्छ, जसको खेती गर्नाले धेरै पैसा कमाउन सकिन्छ तर त्यसको बिउँ रोपे पछि चार देखि पाँच सालसम्म त्यसमा पानी र मलखाद दिरहनु पर्दछ । जब महेशलाई त्यस बाँसको बोटको बारेमा जानकारी भयो त्यसै बेला उसले सोच्यो कि यही अगाडी बढ़नको लागि एउटा ठूलो अवसर हो । उसले चाइनिज बाँसको बोटको बीऊ ल्यायो र उसले आफ्नो खेतमा त्यसको बिऊ छर्यो । जब अरु गाउँलेलाई उसले खेतीको बाली फेरेको थाहा भयो सबै गाउँलेले उसको हाँसो उडायो र सबैले सोच्यो कि यस खेतमा यस्तो बाली सर्पिन सक्दैन । उता महेश भने आफ्नो संकल्प माथि अडी रहयो तथा बाँसको बोट उमार्नको लागि उसले दृढ़ निश्चय गर्यो ।

ब त उसको आफ्नै घर परिवारका सदस्यले पनि उसलाई अरुहरू जस्तै पुरानो खेती गर्ने कुरा गर्दा महेशले सबैलाई धैर्य राखी अरु बढी मिहिनेत गर्नु पर्ने सल्लाह दिई रह्यो ।

बिस्तारै–बिस्तारै समय बीत्दै गयो, उसको छिमेकीको खेतको बालीले हराभरा भई रहेको थियो तर महेशको खेत भने बांझो नै पडी रहयो । चार साल बिति सक्यो । अरु गाउँलेले चार भन्दा बढी पटक अन्नबाली भित्रियाइ सक्यो तर महेशको खेत भने जस्ताको त्यस्तै बांझोको बांझो नै थियो । अब त उसको आफ्नै घर परिवारका सदस्यले पनि उसलाई अरुहरू जस्तै पुरानो खेती गर्ने कुरा गर्दा महेशले सबैलाई धैर्य राखी अरु बढी मिहिनेत गर्नु पर्ने सल्लाह दिई रह्यो ।

महेश गाउँमा निस्किदाँ सबैले उसलाई लौ बाँसको बोट जान लागेको भनेर जिस्क्याउन थाल्यो । अरुहरूको कुरा सुनेर पनि नसुने झै गरेर आफ्नो काम गरि रह्यो । यसरी हेर्दा हेर्दै पाँचौ साल पनि बित्यो, महेश आफ्नो बालीमा मलखाद र पानी अझसम्म पनि दिई नै रहेको थियो । तर अंकुरसम्म पनि फुटेको थिएन । अहिले सम्म पनि महेश गाउँलेको जिस्क्याउने र कुरा काटनेबाट ऊ आत्तिई सकेको थिएन । मान्छेहरूले भन्न थाल्यो कि अब तिम्रो परिवार भोक भोकै मर्छ, त्यसैले आफ्नो ढिपी छोड र हामी जस्तै सामान्य बाली लगाऊ तर महेश भने आफ्नै जिदमा अडिरहयो ।

गाउँलेहरूले यो देखेर चकित थियो । महेश भने आफ्नो दृढ संकल्प र मिहिनेमा विश्वास राखेर आनन्दित थियो ।

पाचौं साल पछि ऊ खेतमा जादाँ खेत भने बाझो थिएन । स–साना पातहरु उमरेको देखेर धेरै खुशी भयो । उसको आशा पलायो । हेर्दा हेर्दै अबको पाँच छ महिनामा नै बाँसको बोट साठी सतरी फिट सम्मको भयो । यो देखेर महेशको खुशीको ठिकाना नै रहेन । अब उसले बाँस महन्गोमा बेचेर आनन्दसंग आफ्नो परिवारको भरन-पोषण गर्न थाल्यो । गाउँलेहरूले यो देखेर चकित थियो । महेश भने आफ्नो दृढ संकल्प र मिहिनेमा विश्वास राखेर आनन्दित थियो ।

त्यसैले कुनै पनि नयाँ काम गर्न दृढ संकल्प, मिहिनेत र धैर्य राख्दा त्यसको फल मिठो हुन्छ ।


किशुन दयाल “श्रीकृष्ण”

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares