एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना


लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार १९:२६ मा प्रकाशित     
एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

 नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।

 नेता खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

‘कोरोनाको सामान्य लक्षण देखिएको छ। अवस्था सामान्य नै छ’,  उनले भने। 

यसअघि उनी स्वास्थ्य उपचारको लागि दिल्ली गएका थिए।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।