गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


[ss_social_share]
लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार १६:०१ मा प्रकाशित     
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक, संगीतकार तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण पुष्टि भएको सपुतले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला । एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैंले पिसिआर टेस्ट गरेको थिए ।’

उनले आफू होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको उल्लेख गरेका छन् ।

‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं, तर यसलाई सामान्य भने नठानौं । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो महामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ । स्टे सेफ !’, उनले लेखेका छन् ।

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा…

Posted by Prakash Saput on Friday, 30 April 2021

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •