निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल,पाँच जना छुटे धरौटीमा


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार ११:४१ मा प्रकाशित     
निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल,पाँच जना छुटे धरौटीमा

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापकाका अनुसार निषेधाज्ञाको अवज्ञा गरेर हिँड्डुल गरेका र प्रहरीले रोकेर सम्झाउन खोज्दा प्रहरीमाथि नै दुर्व्यवहार गर्न खोज्ने काठमाडौँ ठेगाना भई सिद्धार्थ नगर बस्दै आएका हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ महेन्द्र कोहार, मायादेवी ४ का दिनेश यादव, सिद्धार्थनगर नगरपालिका ८ का श्याम दुबे, सिद्धार्गजगरका ९ का ईरशाद आलम, सिद्धार्थनगर ६ की सविता खनाल, सोही स्थानका प्रितम कुवँर र प्रेम कुवँर रहेका छन्।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!