गजल


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार १३:३३ मा प्रकाशित     
गजल

बिचित्र को लिला कस्तो रच्दैछ नियतिले,
जीत भन्दा हार बढी खप्दैछ जीन्दगीले ।

जीन्दगीको ओत भन्नु यही मनको छाता,
हर्ष भन्दा बिस्मात बढी झेल्दैछ जीन्दगीले ।

अँगेनामा खाली-खाली तावा मात्रै तात्तियो,
बिना आटो भोक मात्रै बेल्दैछ जीन्दगीले ।

हिजोभन्दा आज सकस आज भन्दा भोली,
सम्झना र तृष्णा मात्रै छोडदैछ जीन्दगीले ।


रघुविर चन्द,
वेदकोट, कञ्चनपुर


Please mail us your creation on: lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!