उपत्यकामा एकै दिन झण्डै तीन हजार जना सहित देशभर ५,७२७ जनामा कोरोना संक्रमण


[ss_social_share]
लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार १७:२२ मा प्रकाशित     
उपत्यकामा एकै दिन झण्डै तीन हजार जना सहित देशभर  ५,७२७ जनामा कोरोना संक्रमण

ठमाडौं उपत्यकामा एकै दिन २९५६ जना सहित पछिल्लो २४ घण्टामा देश भर थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार हाल ३८ हजार ८१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५२५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७० जनामा पोजेटिभ पाइएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९२८ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ८६.९ प्रतिशत छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा रिर्पोट प्राप्त भएको मृत्यु सङ्ख्या ३३ र चौबीस घण्टाभित्रमा मृत्यु भएकाहरुको संख्या २८ रहेको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २७९ जनाको मृत्यु भएको छ । हाल ३८ हजार ८१३ जना आइसोलेशनमा र ५५ जना क्वारेन्टिनमा छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares