होटल क्वारेन्टिन नबस्ने विदेशीलाई डिपोट, स्वदेशीलाई जरिवाना: सीसीएमसी


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार २२:३४ मा प्रकाशित     
होटल क्वारेन्टिन नबस्ने विदेशीलाई डिपोट, स्वदेशीलाई जरिवाना: सीसीएमसी

काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले विदेशबाट आउने नेपालीले होम क्वारेन्टिन नबसे कारबाही गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले विदेशबाट आएर अनिवार्य क्वोरेन्टिन बस्नुपर्ने र त्यसो नगरे कारहबाही गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका  प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

यस्तै बैठकले नेपाल आउने विदेशीहरूलाई पनि अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले गरेको निर्णयलाई नमाने डिपाेट गरिने बताइएको छ ।

वैशाख १३ गते मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!