कोरोना कहरसँगै निषेधाज्ञाको क्रम बढ्दो


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार २३:३६ मा प्रकाशित     
कोरोना कहरसँगै निषेधाज्ञाको क्रम बढ्दो

काठमाडौं । वैशाख १७
सरकारले कोरोना नियन्त्रणको नाममा देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गर्ने क्रम जारी राखेको छ । यसै क्रममा १४ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक बन्द छ । थप ५ जिल्ला निषेधाज्ञा जारी हुने क्रममा छन् ।

अब सल्यान, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्ला निषेधाज्ञा जारी हुने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाले बताएका छन् । यसरी नै आइतबारदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ । अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन र रुपन्देहीमा पूर्ण निषेधाज्ञा जारी हुँदैछ । यसरी नै बाग्लुङ कालिकोट, बर्दिया र दार्चुलामा समेत आंशिक निषेधाज्ञा लागू भएको छ ।

 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!