दीपक मनाङेलाई गण्डकी सरकारको खेलकुद मन्त्रीमा शपथ ग्रहण


[ss_social_share]
लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार १७:३० मा प्रकाशित     
दीपक मनाङेलाई गण्डकी सरकारको खेलकुद मन्त्रीमा शपथ ग्रहण

पोखरा । दीपक मनाङे मन्त्री बनेका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीको शपथ ग्रहण गराएका छन्।

मुख्यमन्त्री स्रोतले जनाएअनुसार उनि खेलकुद क्षेत्रमा सुधार गर्न सक्ने क्षतावान व्यक्ति हुन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।
गण्डकी प्रदेशको खेलुकद मन्त्रीको शपथ ग्रहण गरेका दीपक मनाङले आफूसँग खेलकुदको क्षेत्रमा काम गर्न सक्ने क्षमता भएको बताएका छन् ।

यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए । अहिले ती मन्त्रालय पनि खाली रहेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •