राष्ट्रिय क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक


लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार १५:५८ मा प्रकाशित     
राष्ट्रिय क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । मल्लका बुवा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य छुम्बी लामाले समाजिक स्ञ्जाल फेसबुकमार्फत कप्तान मल्लको पिताको निधन भएको जानकारी दिएका छन् । उनको बिहान ९ बजे घरमा नै निधन भएको हो । रामकृष्ण मल्लको आजै टेकुमा अन्त्येष्टि गरिएको छ ।

पछिल्लो एक हप्तायता रामकृष्णको स्वास्थ्य अवस्थामा समस्या आएको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!