लुम्बिनी प्रदेशमा जसपाका चार सांसद कारवाहीमा


[ss_social_share]
लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार २१:०६ मा प्रकाशित     
लुम्बिनी प्रदेशमा जसपाका चार सांसद कारवाहीमा

बुटवल । वैशाख १६
लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीलाई चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीको कारवाहीसँगै उनीहरूको सांसद पद खोसिएको छ ।

प्रदेशसभा सचिवालयले आज एक सूचना टाँस्दै जसपा नेपालबाट प्रतिनिधित्व गर्ने सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई संसदीय दलको कार्यालयको पत्र अनुसार निष्कासन गरिएको हो । जसपा नेपाल प्रदेश सभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना सचिवालयलाई दिएकोले प्रदेश सभा नियमावली २०४७ को नियम १९१ बमोजिम चारै जनालाई कारवाही गरिएको व्यहोरा जानकारी गराइएको छ ।

सचिवालयले पार्टीले ती चार जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको जनाएको छ । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपनि यी सांसद अचानक सरकारमा सहभागी हुन पुगेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •