कोरोना आतंकसँगै निषेधाज्ञाको क्रम जारी


कोरोना आतंकसँगै निषेधाज्ञाको क्रम जारी

काठमाडौं । वैशाख १६
कोरोनाको नयाँ रुप आएसँगै जनमानसमा उत्पन्न त्रास बढ्दो क्रममा छ । यसै क्रममा देशका विभिन्न स्थानमा निषेधाज्ञा लगाउने क्रम जारी छ । आज वैशाख १६ गतेसम्म ११ जिल्ला पुरा बन्द हुन पुगेका छन् भने यसै क्रममा चार जिल्ला जोडिने तयारीमा छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, बाँके, सुर्खेत, चितवन, रुपन्देही, कास्की, पर्सा एवम्  कञ्चनपुरमा पूर्ण निषेधाज्ञा छ भने बाग्लुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लगाइएको छ ।

यसै गरी गृह मन्त्रालयले दाङ, पाल्पा, सुनसरी र सल्यानमा निषेधाज्ञा लगाउने तयारी गरेको छ । सरकारले निषेधाज्ञाको पालन गर्न नागरिकलाई अपिल समेत गरेको छ ।