गण्डकीमा जनमोर्चा अविश्वास प्रस्तावको पक्षमै


लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार २०:१५ मा प्रकाशित     
गण्डकीमा जनमोर्चा अविश्वास प्रस्तावको पक्षमै

पोखरा । वैशाख १६
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले आफू मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको पक्षमा यथावत रहेको जनाएको छ । जनमोर्र्चा संसदीय दलका नेता कृष्ण थापाले आफूहरू निर्णायक शक्ति भएकोले बदनाम गर्न खोजेको आरोप लगाए । उनले आफूहरू पूर्ववत पार्टी निर्णयको पक्षमा रहेको बताए ।

उनले सांसद खिमविक्रम शाहीले कोरोनाको बहाना बनाएर अविश्वासको प्रस्तावमा मतदान नगर्न चाहेको आरोप सत्य नभएको बताए । उनले जनमोर्चाका सबै सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने बताए । “हामी आफ्नो पूर्ववत निर्णयका पक्षमा छौं, कुनै मिलेमतो छैन ।” उनले बताए ।

हिजो सांसद खिमविक्रम शाही हराएपछि सांसदको कारवाही अनिश्चित कालका लागि स्थगित गरिएको थियो । जनमोर्चा सांसद पियारी थापाले आफनो पार्टीका सांसद खिमविक्रम शाही अज्ञात अवस्थामा रहेकोले निजलाई खोजी पाउँ भनेर संसद सचिवालयमा निवेदन दर्ता गराएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चित कालका लागि संसद स्थगित गरेका थिए ।संख्याको खेलमा अल्झेको गण्डकी प्रदेशको राजनीतिमा कतिबेला कुन मोड आउँछ र कुन सांसदले कतिबेला कसलाई धोका दिन्छ, हेर्न बाँकी छ । हिजोका दिनमा राष्ट्रिय सदनमा देखिएको फोहरी खेल गण्डकीमा पनि देखिन सक्छ । दिपक मनाङे प्रकरणसँगै थप शंका गर्न सकिने ठाउँ जीवितै छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!