रमेश पन्त ‘मितबन्धु’ को गजल


रमेश पन्त ‘मितबन्धु’ को गजल

जिन्दगी यो यसै गरि टाढासम्म चल्ने हो की ।
ढुङ्गा पत्थर बिचबाट हिरामोती फल्ने हो की ।।

शुन्य नभ शुन्यबाट बमगोला बर्सिाएर ।
लाग्छ शंका सुन्दर संसार कतै बल्ने हो की ।।

विदेशीकै नक्कलमा रमेको छ यो दुनियाँ ।
कहिँ मेरो सुन्दर भेष फैशनले मल्ने हो की ।।

हर्ष, पीडा, चमत्कार विज्ञानको विश्वभरी ।
कतै विज्ञानमै मेरो स्वतन्त्रता ढल्ने हो की ।।

पत्र लैजाऊ बरोबरी ए परेवा कुनाकाप्चा ।
मैं भन्नेको बकत्मै मुखमा मोसो दल्ने हो की ।।

(रमेश पन्त मितबन्धु कञ्चनपुर जिल्लामा रहेर नेपाली एवम् डोटेली साहित्यका क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ एक लेखक, साहित्यिक संगठन एवम् सम्पादकका रुपमा परिचित हुनुहुन्छ ।)