दाङमा विवाह, व्रतबन्ध गर्दा अनिवार्य प्रशासनको सिफारिस लिनुपर्ने


[ss_social_share]
लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १७:०२ मा प्रकाशित     
दाङमा विवाह, व्रतबन्ध गर्दा अनिवार्य प्रशासनको सिफारिस लिनुपर्ने

दाङ । कोरोना संक्रमण बढ्दै गएको समयमा दाङमा निषेधाज्ञा अवधिभर विवाह, व्रतबन्ध गर्दा अनिवार्य रूपमा प्रशासनको सिफारिस लिनुपर्ने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलले विवाह व्रतबन्ध गर्दा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने जनाकारी दिए ।

उनकाअनुसार विवाह गर्दा जन्ती जानका लागि दुलाहा पक्षले एउटा मात्रै गाडी प्रयोग गर्न पाउने र गाडीमा पाँच जना व्यक्ति मात्रै बस्न पाउनेछन् ।
विवाह हुने घरमा दुलाहा र दुलही पक्षबाट २५ जना व्यक्ति मात्रै सहभागी हुने पाउने र त्यसका लागि वडा कार्यालयबाट सिफारिस लिएर प्रशासन कार्यालयबाट अनुमति लिनु पर्नेछ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •